ललितपुर शाखाका साधारण सदस्य तथा राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई नेपाल पत्रकार महासंघ ललितपुर शाखाले २४ घण्टे स्पष्टीकरण मागेको छ ।
राजधानी दैनिकका सम्पादक पण्डितले श्रमजीवी पत्रकारको हकहित र महासंघको विधान विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण मागिएको सचिव रामहरि कार्कीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
सम्पादक पण्डितले नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संशोधन २०७३ सहित) को दफा ३ को उल्लंघन हुने गरी पटक पटक कार्य गरेकोले सोही विधानको दफा १८ को (३) (च) अनुसार स्पष्टीकरण मागिएको उक्त पत्रमा उल्लेख छ ।
