तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण सफल हुनेछ: गृहमन्त्री बालकृष्ण खाण

६ कार्तिक २०७९, आईतवार १३:०५

सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्।

उनले प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको आइतबार प्रहरी निरीक्षक आधारभुत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै बताएका हुन्।

तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास गृहमन्त्री खाणले व्यक्त गरे। अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन र तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण सफल हुने विश्वास पनि उनले व्यक्त गरे।

प्रहरी संगठनलाई कानूनी राज्यको स्थापनाका लागि दृढ रहन गृहमन्त्री खाणले निर्देशन समेत दिए। कानूनी राज्यको प्रत्याभुति दिनका लागि आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गर्न प्रहरी जवानहरुलाई उनले निर्देशन दिए।