नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रबर उद्योग र पालुङटार एयरपोर्ट सञ्चालनदेखि बुढीगण्डकी आयोजना निर्माणसम्मका योजना आफ्नो प्रतिबद्धता पत्रमा समेटेका छन् ।
गोरखामा लामो समयदेखि बन्द रहेको रबर उद्योग र पालुङटार एयरपोर्टलाई पुनः सञ्चालनमा ल्याउन विशेष पहल गर्ने प्रचण्डको प्रतिबद्धता पत्रमा उल्लेख छ। ‘प्रचण्डको प्रतिबद्धतापत्रमा भनिएको छ, रबर उद्योगलाई नयाँ ढंगले अघि बढाइने छ,’ ‘पालुङटार एयरपोर्टलाई पुनः सञ्चालन गर्दै व्यवस्थित गरिनेछ ।’ प्रतिबद्धता पत्रमा बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने समेत उल्लेख गरिएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधी सभा सदस्यका लागि चितवनबाट चुनाव लड्ने भनिएका प्रचण्ड गोर्खाबाट चुनाव लड्ने भएका हुन् ।
