नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा सवै किसिमका अनुचित काम भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् ।
अध्यक्ष नेपालले शुक्रबार सत्ता गठबन्धनले बुटवलमा गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै भने, ‘जेजति अनुचित काम भएका छन् । ति सवै किसिमका अनुचित काम केपी ओलीका पालामा भएका छन् ।’
उनले आफूले अनुचित काम नगर्नुस् भन्दा ‘मलाई कामै गर्न दिइएन’ भनेर रोएको टिप्पणी गरे । उनले ओलीलाई श्रम लाग्दैन ? भन्दै प्रश्न समेत गरे । उनले गठबन्धनविरुद्ध विरोधीहरुले नानाभाती प्रचार गरिरहेको भन्दै त्यसलाई शसक्त प्रतिवाद गर्न आव्हान समेत गरे ।
संघीय चुनावमा समेत प्रतिगमनलाई पराजित गर्नैपर्छ । यही संकल्पका साथ चुनावी मैदानमा उत्रन आहान गर्छु । हामीले पहल नगरेको भए, लोकतन्त्र मासिने, संघीयता समाप्त पर्ने खतरा थियो’, नेपालको भनाइ छ । ओलीविरुद्ध आन्दोलन गरेर निकै ठुलो संकटबाट मुलुकलाई बचाएको भन्दै उनले त्यसरी पहल र अग्रसरता नलिएको भए देश राजनीतिक स्थिरताको दिशामा अघि नबढी अधिनायकवाद, निरंकुश सत्ता हावी हुने अवस्था आउनबाट रोकिएको बताए ।
यस्तै प्रतिपक्षीमा रहेको दलल प्रतिगामी गठबन्धन गरेको र आफूहरुले गरेको गठबन्धन अग्रगामी गठबन्धन भएको अध्यक्ष नेपालले बताए । प्रतिगमन पक्षलाई स्थानीय तहको निर्वाचनमा सय गुणाले पछाडेको र अबको संघीय र प्रादेशिक चुनावमा पनि प्रजाजित गर्नै पर्ने उनले बताए ।
