ओलीले नागरिकसँग टेलिफोन प्रत्यक्ष टेलिफोन कुराकानी गर्दै

४ कार्तिक २०७९, शुक्रबार १५:२४

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली नागरिकसँग टेलिफोन संवाद गर्दै छन् ।

बिहीबार १ लाख ७१ हजार ७३८ जनाले इच्छा देखाउँदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसँग टेलिफोन संवाद गर्न नाम टिपाइसकेका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘म सँग कुरा गर्न आज दिउँसो १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद ।

धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ? ’कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्न मंगलबार अध्यक्ष ओलीले आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गरेका थिए ।

ओलीको सचिवालयले जनाए अनुसार अध्यक्ष ओलीले अनुरोध गरेसँगै बुधबार एकैदिन १ लाख १३ हजार ४ सय ७७ जनाले र बिहीबार अपराह्न १२ बजे सम्म १ लाख ७१ हजार ७३८ जनाले नाम र नम्बर टिपाएका थिए ।