प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार बहसको निम्ति चुनौती दिएपछि काँग्रेसका नेता कार्यकर्ताहरुले विभिन्न टिप्पणी गरेका छन्।
पानीजहाज ल्याउने,घरघरमा ग्यासको पाइप ल्याउने,चीनबाट रेल ल्याउने जस्ता झुठको पुलिन्दामा महारथ हासिल गर्नुभएको ओलीले बरु काङ्ग्रेस महामन्त्री गगन थापासँग खुलामञ्चमा बहस गर्न च्यालेन्ज गर्छु। देउवा र ओलिविच बहस हुदा गफ, झुठ बोलेर ओलिले बहस गर्लान तर सत्ता चलाउने,देशको विकास गर्ने, कुटनैतिक सम्बन्ध कायम राख्ने, जनताको सेवा गर्ने जस्ता काममा देउवालाई ओलिले एक छेउ नै भेटाउन सक्दैनन्। पाँचथरका एक कार्यकर्ताले टिप्पणी गर्दै भने ।’
यस्तै ओलीलाई गफाडी बहसमा होइन काममा प्रतिष्पर्धा गर्न नेपाली काङ्ग्रेसको प्रवक्ता प्रकाश शरण महतले सुझाव दिए ।
