एमालेमा गयो पहिरो, गुल्मीबाट २४ जनाले छोडे एमाले

३ कार्तिक २०७९, बिहीबार १४:४२

नेकपा एमाले पार्टी परित्याग गरी गुल्मीमा २४ जना एमाले कार्यकर्ता माओवादी केन्द्र मा प्रवेश गरेका छन् ।

गुल्मी जिल्लाको धुर्कोट गाँउपालिकाका २४ जना एमालेका नेता तथा कार्यकर्ताहरु विहीबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । ऐमाले परित्याग गरी माओवादी केन्द्रमा गर्नेहरुमा पुर्व जिल्ला कमिटी सदस्य लिल बहादुर घर्तिको नेतृत्वमा बिना घर्ति, शशि घर्ति श्रृजना घर्ति, प्रकाश घर्ति, मनोहरी घर्ति, बसन्त घर्ति लगाएत २४ जना एमाले कार्यकर्ता माओवादी केन्द्र मा प्रवेश गरेका हुन् ।

लिल बहादुर घर्ति धुर्कोट गाँउपालिकाका ६ का नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य र २०४६ देखि नेकपा (एमाले) मा क्रियासिल रहेका थिए ।