भारतलले अतिक्रमण गरेको भूमिसहित संसदबाट नक्सा पास गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको नेकपा एमालेका नेता भीम रावलले दाबी गरेका छन्।
भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा निकाल्न ओलीले नमानेपछि तत्कालीन अवस्थामा नेकपा कायमै रहँदा सत्ताको नेतृत्व गरेका ओलीलाई दबाब दिनुपरेको उनले बताए।
उनले भने‘भारतीय अतिक्रमणमा परेको भूमि समेटेर संसदबाट नक्सा पास गर्न ओली मानेका थिएनन्। उक्त नक्सा निकाल्नका लागि तत्कालीन नेकपाको सचिवालयले निर्देशन नै दिनुपरेको थियो।
उनले भने, ‘अर्कातिर संसदमा पनि हामीले दबाब दिएका थियौँ। पार्टी र संसदबाट पनि दबाब परेपछि ओली बाध्य भएका हुन्। रावलले रअ प्रमुख सामन्त गोयलसँग मध्यराति बालुवाटारमा ओलीले भेटेपछि नेकपाभित्र भाँडभैलो सुरु भएको पनि बताए।
‘सामन्त गोयलसँगको उक्त शंकास्पद भेटका कारण नेकपामा समस्या बढेको र दुईतिहाइको सरकार हुँदा पनि राष्ट्रहितविरोधी अनेक गतिविधि भएका उनले बताए ।
