रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका डा. दामोदर भुसालले झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले गुल्मी क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका थिएका। झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका भुसालले झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर जिल्लाभरका तमाम कार्यकर्ताको दबाव थेग्न नसकी उम्मेदवारी फिर्ता लिएको र आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, भुसालले बताए ।
भुसालको उम्मेदवारी फिर्तालाई सकारात्मक रुपमा लिन उम्मेदवारी मनोनयन गर्दा उनको समर्थक बसेका रवीन्द्र घिमिरेले आग्रह गरेका छन् । तमाम कार्यकर्ताहरूको अपार माया र समर्थन रहेका भुसालले कार्यकर्ताहरूको अनुरोध स्वीकार गर्नु महान कार्य भएको भन्दै मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले धन्यवाद दिए ।
गुल्मी क्षेत्र नम्बर २ भुसालको उम्मेदवारी फिर्ताले आफूहरुको जीत सुनिश्चित भएको गठबन्धनकी साझा उमेदवार झाँक्रीको बताइन् । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसाललाई धन्यवाद दिदै भुसालको उम्मेदवारी फिर्ताले उत्साह छाएको बताए ।
