मानवशास्त्री ओम गुरुङको उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको छ ।
गुरुङको सोमबार हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो । नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत रहेका गुरुङ नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत थिए ।
नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला सार्वजनिक भएको थियो ।
गुरुङको शव पाटन अस्पतालमा विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल राखिने स्रोतले जनाएको छ ।
