के रोशनी र शरदको हत्या आफन्तले गरेका हुन् त ?

३१ आश्विन २०७९, सोमबार १३:५६

दाङका दुई किशोर–किशोरीको हत्या जंगलमा गाडिएको अवस्थामा शव फेला परेको छ ।

ती किशोर–किशोरीको आफन्तले हत्या गरेर जंगलमा गाडिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार दुबैजनाको टाउकोमा चिर्पटले प्रहार गरेजस्तो गहिरो चोट देखिएको छ ।

घटनाको प्रकृति हेर्दा हत्यामा आफन्तको सम्लग्ना रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । भने उनीहरुको शव पोस्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि लगिएको छ । घटना आकस्मिक हो वा पुर्व योजना अनसार भएको हो त्यसबारे अनुसन्धान भइरहेको छ । शवको ब्यवस्थापन राम्रोसँग गरिएको हुनाले पनि आफन्तबाटै उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

आइतबार दिउँसो तुलसीपुर महानगरपालिका–१३ दमारगाँउको जंगलमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा फेला परेको थियो । टिपर चालकसहित गए राति नै शंकास्पद ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।