जनता समाजवादी पार्टी नेपाल परित्याग गरी वजरंगीप्रसाद चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले प्रवेश गरेका चौधरी मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन् ।
चौधरीसँगै माधुरी अग्रहरी र कपिलवस्तु नगरपालिका वडा नं.११ का ७५ जना नेपाली काँग्रेसका कार्यकर्ता र समर्थक पनि एमाले प्रवेश गरेका छन्। अग्रहरी गएको स्थानीय तहको निर्वाचनमा पालिकाको उपाध्यक्ष पदमा झिनो मतले पराजित भएकी थिइन्।
जनतामा एमालेप्रतिको विश्वास बढेको र अब देशको जिम्मेवारी लिन एमालेले भारीमतले जित्नुपर्ने धारणा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार वलराम अधिकारीले उक्त कार्यक्रममा राखेका थिए।
