१०३ वर्षको उमेरमा शताब्दी पुरुषको निधन

३० आश्विन २०७९, आईतवार १०:११

१०३ वर्षको उमेरमा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार विहान जोशीको निधन भएको हो।
प्रोटेस्ट तथा मुटुको समस्याबाट जोशी विगत लामो समयदेखि पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो ।

उनलाई डेङ्गु संक्रमण देखिएपछि असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या पनि देखिएको थियो । अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।