तनहुँमा गोविन्दराज जोशीलाई कैंची चुनाव चिह्न

२६ आश्विन २०७९, बुधबार १८:०३

तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले कैंची चुनाव चिह्न पाएका छन् ।

यसअघि स्थानीय तहको चुनावमा व्यास नगरपालिकाको मेयर उठेका जोशीका छोरा दीपकले कैंची चुनाब चिन्ह पाएका थिए । दीपकलाई मेयरमा नेकपा एमालेले समर्थन गरेको थियो ।