
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो ।
डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध आफूले उजुरी दर्ता गरेको बताए । उनले रातोपाटीसँग भने, ‘मैले देउवाको उम्मेदवारी विरुद्ध उजुरी दर्ता गराएको छु । उहाँको उम्मेदवार शतप्रतिशत खारेजी हुनुपर्छ ।’
निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिका अनुसार पहिलो पटक दर्ता भएका बासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला घिमिरेलाई टिकट दिए पनि पछि राष्ट्रिय सभा सदस्य रहेका भट्टराईलाई टिकट दिएका थिए ।
