रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । रूपन्देही–५ मा एउटै प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।
एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गर्छ उही आधिकारीक हुने कानुनी व्यवस्था रहेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए । ‘एउटै पार्टीको २ जनाले उम्मेद्वारी दर्ता गरे जसले पहिला दर्ता गर्छ उही आधिकारीक हुने कानुनी व्यवस्था रहेको छ ।’
घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए ।
