नेकपा एमालेको सचिवालय बैठक दिउँसो तीन बजे बस्दै

१३ आश्विन २०७९, बिहीबार १२:५८

नेकपा एमालेको सचिवालय बैठक शुक्रबार दिउँसो तीन बजे बस्दैछ ।

उपाध्यक्ष युवराज ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा दिउँसो तीन बजे बैठक बोलाइएको बताए ।
बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

आजको बैठकमा गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुनसक्ने र प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना रहेको उपाध्यक्ष ज्ञवालीले बताए ।