प्रेमगीत ३ हेरेपछि प्रचण्डले भने यस्तो

१० आश्विन २०७९, सोमबार ११:४१

अन्तराष्ट्रिय भाषामा समेत दविङ्ग भएको पहिलो नेपाली फिल्म ‘प्रेमगीत ३’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेरेका छन् ।

भरतपुर मेयर रेणु दाहाल र पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग अध्यक्ष प्रचण्डले आइतबार साँझ चितवनको इन्द्रदेव हलमा फिल्म हेरेका हुन्।

फिल्म हेरे बाहिर निस्किएपछि प्रचण्डले संचारकर्मीसँग फिल्मको प्रशंसा गरेका छन्। उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुर्‍याउने र फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको समेत बताए ।