ओली चुनावपछि जमिनमा पछारिन्छन्, राष्ट्रपतिले एमाले उपाध्यक्षको भूमिका निभाइरहेकी छिन्: दीपशिखा

१० आश्विन २०७९, सोमबार १०:२३

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हावा भरिएको बेलुनमाथि उडिरहेको भन्दै त्यो चुनावपछि फुट्ने नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले टिप्पणी गरेका छन् ।

सुर्खेतमा आइतबार वाईसीएल कर्णाली प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै ‘दीपशिखा’ले यस्तो टिप्पणी गरेका हुन् । ‘केपी ओली हावा भरिएको बेलुनमाथि उडेर जमिनका हामीलाई खिसिट्युरी गरिरहेका छन्, चुनावपछि त्यो बेलुन फुट्छ र उनी जमिनमा पछारिन्छन्।’ उनले भने ।

यस्तै राष्ट्रपति विद्या भण्डारीले एमाले उपाध्यक्षको भूमिका निभाइरहेको समेत उनले आरोप लगाउदै भने ‘विद्या भण्डारी रास्ट्रपति होईन, एमाले उपाध्यक्षको भूमिका निभाइरहेकी छिन् ।