स्थानीयले अरिङ्गालको गोलो पोलेको १० हजार पारिश्रमिक पाए

९ आश्विन २०७९, आईतवार १२:१८

काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोल्न नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएको छ ।

काठमाडौ ग्रिडका प्रमुख ई.विनोद लोहनीका अनुसार तीन जना मान्छेलाई उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गोलो पोलिएको हो।

अरिङ्गालको गोली पोलिसकिएकाले आज बिहानबाट तार जोड्न सुरु गरिएको प्रमुख लोहनीले बताए। मातातीर्थ (हेटौंडा १३२ केभी प्रसारण लाइनको टावरमा अरिङ्गालको गोलो देखेपछि प्राधिकरणका कर्मचारीले जम्पर (तार जोड्ने मुख्य ठाउँ) जोड्न सकेका थिएनन् ।

मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोल्न सक्ने मान्छे आवश्यक परेको सामाजिक सन्जालमा राखेको सूचनामा विद्युत प्राधिकरणका प्रमुख ई.विनोद लोहनीको सम्पर्क नम्बर दिइएको थियो ।