प्रचण्ड तीन दिन आफ्नो चुनाव क्षेत्रका कार्यक्रममा व्यस्त हुने

९ आश्विन २०७९, आईतवार ११:०४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तीन दिनका लागिशनिवार बेलुका चितवन गएका छन् । माओवादी केन्द्र चितवनका अध्यक्ष आरसी अधिकारीले प्रचण्ड मंगलबार मात्रै काठमाडौं फर्किने कार्यतालिका रहेको बताए ।

शनिबार बेलुका चितवन पुगेका अध्यक्ष प्रचण्ड तीन दिन आफ्नो चुनाव क्षेत्रका कार्यक्रममा व्यस्त हुने अधिकारीले बताए । अधिकारीले भने ‘हामीले तीन पार्टी प्रवेश, प्रशिक्षण, भेला लगायत चुनाव केन्द्रीत कार्यक्रम राखेका छौं । सिएम सबै कार्यक्रम सकेर मंगलबार मात्रै फर्किने कार्यक्रम छ ।’