अब्दुस मिया र सर्वोन्द्र खनाल पनि एमाले प्रवेश

६ आश्विन २०७९, बिहीबार १३:१६

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् ।

एमाले प्रवेश गरेका मिया यसअघि काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका थिए । एमाले केन्द्रीय कार्यलय च्यासलमा बिहीबार पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले पार्टीमा खादा र अविर लगाई स्वागत गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । ३० वर्षीय मियाँ केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा थिए ।