एमालेको तागत देखेर गठबन्धन डरायो: उपाध्यक्ष पौडेल

६ आश्विन २०७९, बिहीबार १०:५७

नेकपा एमाले हनुमानजस्तो पार्टी भएको एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।

जडिबुटी ल्याउन भनेर पठायो भने पहाड नै बोक्ने तर पहाड बोकेको थाहा नपाउने अवस्थामा पुगेको एमाले उपाध्यक्ष पौडेलले बिहीबार ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै बताएका हुन् ।

एमाले उपाध्यक्ष पौडेलले प्रशिक्षण कार्यक्रममा बोल्दै भने, ‘एमाले हनुमानजस्तो भैसक्यो । जडिबुटी ल्याएर आउनुस् भन्दा पहाड बोकेर आउँछ । तर पहाड बोकेको थाहा पाउँदैन । त्यस्तो भएको छ एमाले विचार, संगठन र जनमतको तागत एमालेले थाहा पाउनुपर्यो । कटुता, वैमनस्यता हटाउँदै गतिशील बनाउँदै बलियो र व्यवस्थित पार्टी निर्माण गर्नुपर्छ ।’

गठबन्धनका पाँच दल मध्ये तीन दल एमालेको तागत देखेर अत्तालिएर एक ठाउँ आएर एमालेविरुद्ध लागेको बताए । ‘नेपालको सवैभन्दा बलियो राष्ट्रिय शक्ति भएकाले यसलाई एक्लै जित्न नसक्ने भएकाले मुलुकमा भएका ५ प्रकारका प्रवृतिहरुमध्ये ३ प्रकारका प्रवृति एक ठाउँमा उभिएका छन् । एकातिर एमाले अर्कोतिर गठबन्धन यो अहिलेको राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन हो’, उपाध्यक्ष पौडेलले भने ।