सर्लाहीबाट नेकपा (एस) का केन्द्रीय सदस्य सहित नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश

६ आश्विन २०७९, बिहीबार ०९:३६

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सहित केही नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार सर्लाही क्षेत्र नंं. १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिनलगायतका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेका उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले खादा र अविर लगाई पार्टीमा स्वागत गरेका थिए ।