एमालेका दर्जनौं नेता तथा कार्यकताहरु माओवादी प्रवेश

५ आश्विन २०७९, बुधबार २०:०९

नेकपा (एमाले) परित्याग गरेर दर्जनौं नेता तथा कार्यकताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी र नेकपा( एमाले) मोरङका दर्जनौं नेता कार्यकर्ता एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश प्रवेश गरेका हुन्।

माओवादी प्रवेश गरेका उनीहरुलाई अध्यक्ष प्रचण्डले खादा र अविर लगाई पार्टीमा स्वागत गरेका थिए ।