
सोमबार दार्चुलामा विभिन्न पार्टी परित्याग गरी ५० जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सोमबार आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।
नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटी सदस्य अजब बहादुर बिष्ट लगायत कांग्रेस र माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्नेहरुलाई एमाले पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले टिका र खादा लगाएर स्वागत गरेका थिए।
आगामी मंसिर ४ गतेको निर्वाचन लक्षित कार्यकर्ता भेलामा नेता ठगुन्नाले तीन तहको सरकार मध्ये स्थानीय तहमा दार्चुलामा गठबन्धनका बाबजुद पनि एमालेले सानदार ढंगले विजय हासिल गरेको बताउदै प्रदेश र प्रतिनिधि सभा चुनावमा पनि त्यस्तै नतिजा दोहोरिने बताएका छन्।
