
बाँके जिल्ला स्थित क्षेत्र नं १ मा संघिय सांसद को लागी नेकपा माओवादीको तर्फबाट ६ जनाको नाम सिफारिस भएको छ। तर बर्तमान सांसद तथा नेपाल सरकार का युवा तथा खेलकुदमन्त्री माननिय महेश्वर गहतराज अथक ज्यु को विकल्प देखिँदैन स्थानीय बताउँछन्।
यही आउने मंसिर ४ गते प्रदेश र संघीय निर्वाचन को मिती तोकिए संगै पार्टी ले आ–आफ्ना उम्मेदवार चयन गर्दै छन। त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवार छनोट गर्दै छ। जसमा बर्तमान सांसद तथा खेलकुदमन्त्री अथक लगायतका नेताहरु को नाम सिफारिस भएको छ। जसमा नेपाली कांग्रेस कै नेता कार्यकर्ता ले पनि केन्द्रीय नेता पाउनु यो क्षेत्र का जनता भाग्यमानी छन।
फेरि उहाँ कसैको आँखामा बिझाउने मान्छे पनि हुनुहुन्न। उहाँ यो क्षेत्र को लागी खटिएको पनि देखिन्छ। बिशेष गरी उहाँले छाना रहित विद्यालय को अभियान चलाउनु भयो। नेपाल कै प्रसिद्ध सहर नेपालगन्ज को छेउमा रहेर पनि यहाँ को ८० प्रतिशत गाउँमा बिजुली बत्ती थिएन। त्यो पनि उहाँकै कार्याकालमा पुरा भयो। नरैनापुर गाउँपालिका नेपालकै भुमी भएर पनि त्यहाँका जनता बिजुली बत्ती बाल्न त के सडकको समस्याले जिल्लाको सदरमुकाम आउन ४ घण्टा लाग्थ्यो तर अहिले १ घण्टामा पुग्छन।
पहिला हिलो र धुलोमा कसरी जानु पर्थ्यो अहिले कालो चिल्लो रोडमा सवार गर्दाको महसुस नै भिन्नै छ नरैनापुर गाउँपालिकाका स्थानीय बताउँछन। त्यस्तै बाँकेको कुसुम महेन्द्र राजमार्गको छेउ भएपनि बिजुली बत्ती बाल्न पाएका थिएनन। अहिले झलमल्ल छ। र राप्ती सोनारी गाउँपालिका वडा नं २ हुँदै बर्दिया जोड्ने सडकखण्ड निर्माणमा पनि अतुलनीय योगदान रहेको देखिन्छ।
जुन सडकमा १ अरब ८३ करोड को बजेट परिसकेको छ। जुन पिस पिसमा निर्माण तथा कालोपत्रे भैरहेको छ। ५ बर्षको अबधि मा दर्जन बढी केन्द्रिय योजनाका पुल र प्राय सबै बिध्यालय मा पक्की भवन निर्माण र खानेपानी सिचाई मा पनि उल्लेखनीय योगदान गरेबापत पनि उनको विकल्प देखिँदैन स्थानीय भन्छन्।
सुगम जिल्लाको बिकट ठाउँलाई सुगम बनाउने योजना र छाना रहित बस्ती बनाउने अभियानमा लागि परेका मन्त्री अथकले टीकट पाए मात्र विकास हुने छ। पार्टी होइन व्यक्ति हेर्नु पर्छ । केन्द्रीय पहुँच भएका नेता नै उनी हुन। अरु लाई टिकट दिए खेर जाने भन्दै स्थानीयले पनि अथक नै हुनुपर्छ भन्छन । यो स्थानिय निकाय जस्तो हुँदैन (नाम नखुलाईएको) एकजना कांग्रेस नेता बताउँछन्।
म पार्टी को बिधानमा बाधिएको मान्छे तर म भन्छु माओवादी लाई नभए पनि अथक लाई भोट दिनै पर्छ। उहाँ को अगाडी अन्य पार्टीका नेताको तुलना गर्नै नमिल्ने उनी बताउँछन। यो क्षेत्र ले मन्त्री पाएको छ। फेरि उहाँ लाई मैले भेट्दा अन्य नेता भन्दा आकाश पातालको फरक पाउछु। सायद त्यो मैले मात्र होइन सबैले यही भन्नु हुन्छ। मानौँ उहाँ माओवादीको हुनुहुन्छ तर त्यसको अर्थ त्यो होइन की जस्तो पायो त्यस्तै नेता लाई भोट दिए त झन बर्बाद भईन्छ त्यो भन्दा बेलैमा उनै लाई चुनौ र हाम्रो क्षेत्र लाई अगाडी बढाउन मद्दत पुग्ने स्थानीय कै भनाई छ। साभार: YT Khabar बाट
