केपी शर्मा ओलीको राम्रा विश्लेषक होइनन्: खतिवडा

४ आश्विन २०७९, मंगलवार १६:२८

आफ्नो पार्टीले चौथो स्थान सुरक्षित गर्ने नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) पछि आफ्नो पार्टीले चौथो स्थान सुरक्षित गर्ने र पार्टी स्थापना हुन् बित्तिकै चुनावमा होमिनुपरेको प्रवक्ता खतिवडाले बताए। उनले भने ‘अहिले हामी जन्मने बित्तिकै चुनावमा होमिनुपरेको छ । जति सकिन्छ, त्यति गर्छौं । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) पछि हामी चौथो पार्टीको स्थान सुरक्षित गर्नेछौं । हाम्रो पार्टीले थ्रेसथोल्ड कटाउन सक्दैन भन्ने केपी शर्मा त्यति राम्रा विश्लेषक भएको भए अहिले बालकोटमा थन्किएर बस्नुपर्दैनथ्यो ।

आफ्नो पार्टीले संविधानले तोके बमोजिमका सबै क्लस्टर अनुसार समानुपातिक सूची बुझाएको पनि प्रवक्ता खतिवडाले बताए । तलबाट सिफारिस भएर आएका दुई हजार नाममध्येबाट संघमा ११० र प्रदेशमा २२० जनाको छनोट गरेका छौं । पत्रकार धमलाको प्रश्नमा खतिवडाले जवाफ दिदै भने ।