डा.रामजी यादव प्यानलसहित नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा विजयी

४ आश्विन २०७९, मंगलवार १३:४२

डा.रामजी यादव प्यानलसहित नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा विजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि डा.रामजी यादव र डा.अनिल ठाकुर १३ सदस्यीय नयाँ कार्यसमितिको प्यानलसहित प्रतिस्पर्धा उत्रेका थिए ।

यादवले २९७ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी ठाकुरले १३७ मत पाएका छन्।
डा.रामेश्वर महासेठ ३११ मत ल्याएर बरिष्ठ उपाध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी डा.पंकज प्रताप देवले ११६ मत पाएका हुन्।

यस्तै डा.राम ज्ञान यादवले २९८ मत ल्याएर महासचिवमा विजयी भएका छन् भने अर्का महासचिवका उम्मेदवार डा.अबधेसकान्त झाले १३३ मत प्राप्त गरे ।

डा.राजेश कुमार शाह २५० मतसहित कोषाध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी डा.निरन्जन गोइतले १६९ मत प्राप्त गरेका छन् । बिभाश गोइत, बिपिन कुमार यादव, देवनारायण साह, रबि रन्जन प्रधान, ऋषिकेश प्रताप साह र विजय कुमार साह सदस्य पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।