नेकपा एसका दर्जनौ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

१ आश्विन २०७९, शनिबार ११:०९

नेकपा एकीकृत समाजवादी परित्याग गरेर दुर्गा विक माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

माओवादी केन्द्रमा प्रवेश गरेकी दुर्गा नेकपा एस सुदूरपश्चिमकी प्रमुख सचेतक थिइन् । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गासंगै विनय चौधरी, विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि माओवादी केन्द्र प्रवेश गरेका छन्

नेकपा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा दुर्गा गएकी थिइन् । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुख सचेतक समेत थिइन्।

केही दिन पहिले उनलाई नेकपा एकीकृत समाजवादीमा रहेर एमाले र माओवादी केन्द्रलाई सहयोग गरेको भन्दै प्रदेश पार्टी कार्यालयले स्पष्टीकरण मागेको थियो । उनले स्पष्टीकरण बुझाउनु भन्दा पहिले पार्टी नै परिवर्तन गरेकी हुन् ।