आगामी मंसिर ४ गते हुने संसदीय चुनावमा अर्घाखाँचीबाट चुनाव लडेर जिल्लाको विकास र जनताको सेवा गर्ने संघीय संसदकी उपसुभामुख पुष्पा भुसाल गौतमले बताएकी छिन् ।
प्रतिनिधिसभा सदस्यमा आफु अर्घाखाँचीबाट चुनाव लड्ने उपसभामुख भुसालले बताएकी हुन् । उनी उपसभामुख भएपछि जिल्लाका छ वटै पालिकामा घुमेर काठमाडौ फर्केकी छन् । उपसभामुख भुसाललाई गाउँ घुम्दा स्थानीयले चुनावमा जितको शुभकामना दिएपछि उनी झनै उत्साहित भएकी छिन् ।
‘
यसपाली म प्रत्यक्ष चुनाव लडेर जित्छु,’ उनले भनिन, ‘चुनाव जितेर सांसद बनेपछि अर्घाखाँचीमा अर्थपूर्ण विकास गर्छु । जनताको सेवा खटिन्छु ।’ २०६४ मा तत्कालिन निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जितेर सांसद बनेकी भुसाल दुई पटक समानुपातिक सांसद बनिन् । संविधान निर्माणमा विभिन्न समितिमा बसेर उल्लेख्य भुमिका खेलेकी भुसाललाई ५ दलीय गठबन्धनको साथ रहनेछ ।
पाँचदलीय गठबन्धनले भागवण्डा गर्दा उपसभामुख भुसाललाई अर्घाखाँचीबाट कांग्रेसले महिला नेतृ र समावेशीका रुपमा सिफारिस गरेको हो ।
