नेकपा एसछोडेर नेता भोला पोखरेल पुनः एमालेमै फर्किए

३० भाद्र २०७९, बिहीबार १२:१४

नेकपा एकीकृत समाजवादी छोडेर नेता भोला पोखरेल पुनः एमालेमै फर्किएका छन् ।

नेता पोखरेल एमाले विभाजन हुँदा माधव कुमार नेपाल नेतृत्वको पार्टीतिर लागेका थिए । नेकपा एकीकृत समाजवादी छोड्नेको लहर चलेपछि नेता पोखरेल पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमालेमै पर्किएका हुन्।

नेता पोखरेल एमाले अध्यक्ष ओलीले विहीबार पार्टीमा स्वागत गरेका थिए। उनी नेकपा एसमा आवद्ध कर्मचारीका प्रमुख ब्यक्तिका साथै कर्मचारीको आधिकारिक टे«ड युनियन महासंघको पनि नेतृत्वकर्ता थिए।