नेकपा एमालेमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधि सभा सांसद एवं सचेतक उमाशंकर अरगरिया प्रवेश गर्ने भएका छन्।
सांसद अरगरिया यही असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकोरिया चोक जाने भएका छन्।
आफू एमाले प्रवेश गर्न लागेको सांसद अरगरियाले बताउदै भने ‘म एमाले प्रवेश गर्दैछु, त्यसका लागि असोज ८ मा अध्यक्ष ओली धनुषा आउने कार्यक्रम छ,’।
सांसद अरगरियाले २०७४ को चुनावमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनाव संघीय समाजवादी फोरमबाट जितेका थिए। उनले असोज ३ मा निर्वाचन क्षेत्रमा छलफल गरी लोसपाबाट राजीनामा दिने भएका छन्।
