पहिरो जादा एकै परिवारका ३ जनाको मृत्यु

३० भाद्र २०७९, बिहीबार १०:२२

गएराती काभ्रेको बेथानचोक गाउँपालिकामा पहिरो जादा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित ढुंगा खानी नजिकै पहिरो गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका जनाएको छ। बर्षाको कारण पहिरो जादा ठुलीमाया तामाङको घर पहिरोले परिएको थियो । उक्त घर पहिरोले परिँदा घरमा सुतिरहेका ६५ वर्षीया ठुलीमाया तामाङ, उनका छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।

ठुलीमाया तामाङको उपचारका क्रममा र उनका छोरा निर बहादुर तामाङ र छोरी सावित्री तामाङको घटना स्थलमा नै मृत्यु भएको थियो।