
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा एमालेले विश्व चकित पार्ने गरी कसैले नसोेचेको परिणाम ल्याउने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
अध्यक्ष ओलीले एमालेको बहुमत ल्याउन जनतालाई जगाएर निर्वाचनको तुफानी अभियान चलाउने नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनमा मंगलबार पोखरामा उद्घाटन गर्दै बताए।
यस्तै उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नरेन्द्रराज वाग्ले, केन्द्रीय सदस्य फजउद्दिन मियाँ, गोरखाका उद्यमी विजय मल्ल, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य गीता हमाल र नेपाली काँग्रेस लमजुङका कार्यकर्ता सूर्यबहादुर गुरूङ, नेकपा एकीकृत समाजवादीका नेता राम नेपाली लगायत विभिन्न पार्टीका ५० भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
एमाले प्रवेश गरेका उनीहरुलाई एमाले अध्यक्ष ओलीले खादा लगाई पार्टीमा स्वागत गरेका हुन्। एमालेका उपमहासचिव, प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङ, सचिव पदमा अर्याल लगायत नेताहरू अतिथिका रूपमा उक्त कार्यक्रममा उपस्थित थिए।
