किन प्रचण्डको विरुद्ध मा उम्मेदवार बन्दैछन् पौडल ?

२९ भाद्र २०७९, बुधबार १४:२५

स्थानयि तहको निर्वाचनमा सत्तारुढ गठबन्धनविरुद्ध उम्मेदवार दिएका नेता जगन्नाथ पौडेलले आगामी चुनावमा सर्वसम्मत उम्मेदवार बनेर अघि बढ्ने बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा कांग्रसको संस्थापन पक्ष र माओवादी केन्द्रबाहेक चितवनमा अन्य पार्टीको सर्वसम्मत उम्मेदवार बनाउनु पर्छ भन्ने कुरा उठेको पौडेलले बताएका हुन् ।

समूहमा धेरै जसो व्यक्तिले सर्वसम्मत उम्मेदवार बनाएर अघि बढ्ने सुझाव राखेकाले र अर्काे गठबन्धन बनाउनुपर्ने समूहको सुझाव भएको पनि उनले बताए । यस्तै पौडेलले समूहको सुझाव अनुसार साझा उम्मेदवार खडा गरेर अन्य राजनीतिक समूह र दलसँग गठबन्धन गरेर अघि बढ्ने बारे छलफलमा रहेको बताएका छन् ।

चितवन ३ मा सत्ता गठबन्धन तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने भएकाले माओवादी केन्द्र बाहेकका पार्टीहरुलाई समेटेर गठबन्धन गर्ने भन्ने बारेमा छलफल भएको र एमाले पनि सहभागी हुने विषयमा समेत छलफल गरीरहेको नेता पौड्लले जानकारी गराए ।