निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूरा गरेका छन् ।
मेयर साम्पाङले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने धरान बासीसँग बाचा गरेका थिए । उनले गरेको वाचा धरान बजारमा खानेपानी पुर्याएर पूरा गरेका हुन् ।
धरानमा लामो समयदेखि खानेपानीको समस्या थियो । उक्त समस्यालाई मेयर साम्पाङले सोमबार धरानको बजारमा खानेपानी ल्याएर समाधान गरेका छन् । सोमबार धरानको बजारमा खानेपानी आएपछि स्थानीयहरू पनि निकै हर्षित भएका छन् ।
