नियामावलीविपरित जबराको बयान लिईएको छ: नेता सूर्य थापा

२७ भाद्र २०७९, सोमबार १२:०१

निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाईएको महाभियोग नै अवैध भएको प्रतिक्रिया नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले दिएका छन् ।

जबरालाई संसदीय समितिले प्रतिनिधिसभा नियामावली, संविधान र कानूनविपरित बयान लिईएको भन्दै नेता थापाले आक्रोश पोखेका हुन्। प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा हिजो राति पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

”नेपालमा विधि, थिति, पद्धती, संविधान, कानूनको राज छ भने, फागुन १ गते हिउँदे अधिवेशनमा दर्ता भएको महाभियोग त्यही अधिवेशनभित्र छिनोफानो लाग्नुपर्दथ्यो । त्यो लागेन । नेता थापाले भने, चोलेन्द्र शमशेर जबरालाई चाहीँ त्यो प्रतिनिधिसभा नियामावलीविपरित, संविधान र कानूनविपरित उहाँहरुले अब बयान लिईरहनुभएको छ । उहाँहरु एक्सपोज पनि भैरहनुभएको छ। उहाँहरुले थिति र विधिको कसरी हुर्मत लिनुभएको छ ? भन्ने कुरा देखाईरहनुभएको छ ।