नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दुई मन्त्रीले सोमबार बिहान भेटवार्ता गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला)ले प्रचण्ड निवास खुमलटारमा आज बिहान भेटका हुन् ।
भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ। गृहमन्त्री खाँणले दिएको जानकारी अनुसार आगमी मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको हो।
सत्तारुढ दल माओवादी केनद्रका अध्यक्ष प्रचण्ड र दुई मन्त्री बीच प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे कुराकानी भएको हो ।
