भारतले अमेरिकासँग किनेको एम ७७७ अल्ट्रालाइट होवित्जर तोपको परीक्षण असफल

२८ भाद्र २०७४, बुधबार ०४:१७

नयाँ दिल्ली, भदौ २८ । भारतले अमेरिकासँग किनेको एम ७७७ अल्ट्रालाइट होवित्जर तोपको परीक्षण असफल भएको छ ।

 

हालै पोकरण फायरिङ्ग रेन्जमा गरिएको परीक्षणमा उक्त तोप असफल भएको हो । सैन्यस्रोतका अनुसार परीक्षणका क्रममा तोपको गन ब्यारेल नै फुटेको थियो ।

उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तोपको गन ब्यारेल कसरी फुट्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको जनाइएको छ । हाल यो तोपको थप परीक्षणमा समेत रोक लगाइएको छ ।

अमेरिकासँगको सम्झौता अन्तर्गत भारतले यस्ता एक सय ४५ तोप खरिद गर्ने भएको थियो । प्रत्येक तोपको मूल्य ३९ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।

यो तोप हलुको र आकारमा समेत सानो भएका कारण सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने बताइन्छ । ९एजेन्सी०