
नेकपा एमाले परित्याग गरी एमालेका केन्द्रीय सदस्य टेकबहादुर बलंपाकी सहितका नेताहरु पुनः नेकपा माओवादी केन्द्रमा फर्किएका छन्।
बलंपाकी नेकपा विभाजन हुँदा रामबहादुर थापा बादलसँगै नेकपा एमालेमा गएका थिए । पुनः माओवादी केन्द्रमा फर्किएका बलंपाकीलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेका बलंपाकी महोत्तरीको हात्तिलेटका हुन् । उनी पछि तत्काल नेकपा विभाजन हुँदा थापासँगै नेकपा एमालेमा गएका थिए ।
बलंपाकी जनवादी गायकको रुपमा निकै परिचित छन्। उनी एमाले बनेपनि उनकी पत्नी सीता दाहाल भने माओवादी केन्द्रमै सक्रिय छिन् ।
