गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दावी गरेका छन् ।
गठबन्धनभित्र सिट बाँडफाँटको विषय समझदारी र सहमतिको निकट पुगिसकेको शुक्रबार प्रेस सेन्टर कास्कीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले बताएका हुन्।
कहिले प्रधानमन्त्री शेरबहादुर देउवा, कहिले माधव कुमार नेपाल र कहिले आफ्नो विभिन्न कार्यक्रम परेको कारणले हिजो केन्द्रीत भएर सिट बाँडफाँटको विषयमा लाग्न नपाएको अध्यक्ष प्रचण्डले बताएका छन् ।
उनले भने, ‘हिजो अरु नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंग्याउने स्थिति बनिसकेको थियो । कतिपय बेला म उद्योग परिसंघको कार्यक्रममा जानुपर्ने कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रीत भएर पाएनौं ।’
