नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गरिरहेको भन्दै पूर्व राष्ट्रपति डा.रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् ।
पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा बताए । उनले भने, ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ, कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ।’
कांग्रेसका नेता कार्यकर्तामा बीपीको एक गुण पनि नरहेको र कांग्रेसमा विधि, आदर्शबारे कुरा हुन छाडेको उनले बताए । भन्छन्, कांग्रेसीमा त हुनैपर्ने हो, हामी कोहीमा छैन ।’ यस्तै कांग्रेसीलाई बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त र राजनीतिबारे बिपीले बोलेका विषयहरु पढ्न फुर्सद नरहेको उनले बताए ।
