जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग आज राष्ट्रपति विद्यादेवी भण्डारीले छलफल गर्ने भएकी छिन् ।
नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी राष्ट्रपति भण्डारीले आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन्।
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित भएको नागरिता विधेयक प्रमाणीकरणका नगरी विधेयकमा थप छलफल गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले नागरिता विधेयक फिर्ता पठाएकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुनः त्यसलाई जस्ताको त्यस्तै पारित गरेको छ ।
राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने विषयमा दलहरूसँग परामर्श गर्न थालेकी हुन् । राष्ट्रपति भण्डारीले काँग्रेस, एमाले, माओवादी केन्द्रलगायत अन्य साना दलहरूसँग छलफल गरि सकेकी छिन् ।
आज २ः ०० बजे नागरिकता विधेयकको विषयमा छलफल गर्नका लागि बोलाइएको जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।
