बालेनले दिए नक्सा पास गर्न ९० दिनको समय

२३ भाद्र २०७९, बिहीबार १२:०६

नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न काठमाडौं महानगरपालिकाले म्याद दिएको छ ।

सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो ।

महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।

‘मापदण्ड अनुकूल रहेका तर, नक्सा पास नगरी बनेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार ‘मापदण्ड पालना नगरे महानगरले कारवाही गर्ने चेतावनी दिएको छ ।

यस्तै पर्खालको नक्सा पनि पास गर्नुपर्ने र नक्सा पास नभएका पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न अर्को सूचना जारी गर्दै महानगरले भनेको छ ।