झापामा सवारी दुर्घटनामा एकजनाको मृत्यु , अन्य तीनजना घाइते

२९ मंसिर २०७४, शुक्रबार ०८:१०

 मंसिर २९, झापा ।

झापाको शिवसताक्षी– १० भालुखोलामा शुक्रबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १० च ९७१८ नम्बरको मारुती भ्यानमा विपरित दिशाबाट आउँदै गरेको मे६प २३३३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो । भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु दाहाल, उनकी श्रीमती २८ वर्षीया अञ्जना दाहाल र सोही ठाउँका ३६ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।