प्रचण्ड भन्छन्: जर्नादन शर्मालाई रक्षा गर्न र हुर्काउन मेरो मुख्य भूमिका छ

२२ भाद्र २०७९, बुधबार १५:३७

आफ्नो एकमात्र सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार पार्ने रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनतादेखि आर्थिक समृद्धिको उचाइमा पुर्याउन माओवादी केन्द्र आगामी चुनावमा बलियो बनेर आउन जरुरी रहेको विद्यार्थी स्वयंसेवक राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई बुधबार काठमाडौमा सम्बोधन गर्दै बताए ।

जनताको आवस्यकता राष्ट्रिय स्वाधीनतादेखि आर्थिक समृद्धिको कुरालाई, देशको राजनीतिलाई र देशको क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा माओवादी केन्द्र बलियो भएर नआएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहने अध्यक्ष प्रचण्डले बताए ।

अर्थमन्त्री जर्नादन शर्मालाई रक्षा गर्न र हुर्काउन आफ्नो मुख्य भूमिका रहेको विद्यार्थी स्वयंसेवक राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’