कर्मचारीहरु दुर्गम क्षेत्रमा नजादा देश अघि बढेन: प्रधानमन्त्री देउवा

२२ भाद्र २०७९, बुधबार १४:१२

कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार प्रधानमन्त्री दउवाले यस्तो बताएका हुन् । उनले देशको विकास कर्मचारीको सहयोग बिना हुन नसक्ने बताए ।

उनले देशको दुरगति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको पनि बताए । देश किन विकसित हुन सकेन भन्ने विषयमा प्राप्त छलफल हुन जरुरी रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा हो । अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ । यो देशको दुरगति हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्युरोक्रेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ । हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुरगति छ, देशको । यसको व्यापक छलफल हुन जरुरी छ ।’ प्रधानमन्त्री देउवाले भने ।

कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसके र स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका बेलामा समेत देश विकास हुन नसकेको प्रधानमन्त्री देउवाले बताएका छन् ।