प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे नेकपा (एकीकृत समाजवादी) बाट एकल सिफारिस भएका छन् ।
पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एकल सिफारिस भएका पाण्डे एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुन् । प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) बाट २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट उनी विजयी भएका थिए ।
एमालेबाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं. २ बाट विसं २०५१, २०५६, २०७० को निर्वाचनमा पनि विजयी भएका थिए । सोही क्षेत्रमा एमालेबाट पोलिटब्युरो सदस्य ठाकुर गैरेको एकल नाम पार्टीले सिफारिस गरेको छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ । क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जिआर, निमनारायण ढुङ्गानालाई सिफारिस गरेको छ भने क्षेत्र २ (ख) मा झलक रायमाझी र कमल रायमाझी उम्मेदवारका रूपमा सिफारिस भएका छन् । प्रदेशसभामा समानुपातिकतर्फ गोदावरी ज्ञवाली, बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको छ ।
यस्तै प्रतिनिधिसभातर्फ प्रत्यक्षमा क्षेत्र नं १ बाट लेखनाथ पोखरेललाई सिफारिस गरेको छ भने समानुपातिकमा अल्पसङ्ख्यकमा रमा घर्ती सिफारिसमा परेका छन् । प्रत्यक्षमा प्रदेशसभा सदस्य (क) मा विनोद श्रेष्ठ र कमल सेन सिफारिसमा परेका छन् ।
यस्तै क्षेत्र २ (ख) मा पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठ साथै समानुपातिकमा क्षेत्र १ (क) महिला तारा कँडेल, दलितमा सर्वजित् विश्वकर्मा र क्षेत्र १ (ख) मा महिलाबाट नारायणी खनाल सिफारिस भएका छन् ।
