पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक गरेकी छिन् ।
एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना उपमेयर डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । ५१ वटा विवादको किनारा लगाएको र पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छिन् ।
महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको र सयको काममा उनले सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको उल्लेख गर्दै त्यसले काठमाडौँबासीसँगै रहेर महानगरका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भएको बताएकी छिन्।
